प्राइभेट कम्पनीलाइ कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता गर्ने गरिन्छ ।
सेयर धनि कति जना हुन सक्छन ? १ देखि १०० सम्म
कम्पनी दर्ताको चरणहरुः
पहिलो चरणः कम्पनीको नाम बिधुतिय माध्यमबाट कम्पनी रजिस्टर कार्यालयमा निवेदन दिनु पर्दछ ।
दोस्रो चरणःकम्पनी रजिस्टर कार्यालयले कम्पनीको नाम स्विकृत गरी सके पछि, तल दिइएको कागजतहरु कानुन जानकारको सहयोगमा तयार पारी कार्यालयमा बुझाउनु पर्नेछ ।
- प्रस्तावित कम्पनीको प्रबन्धपत्र
- प्रस्तावित कम्पनीको नियमावली
- सर्वसम्मत सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपी
- कानुन बमोजिम कुनै निकायको खास पुर्व स्वीकृति चाहेमा त्यस्तो स्वीकृति
- नागरिकताको प्रमाणपत्र
- विदेशी व्यक्ति संस्थापक भएमा निजको नागरिकता, त्यसतो प्रमाणित गर्ने लिखत
- बिदेशी व्यक्ति संस्थापक भएमा कानुन बमोजिम नेपालमा लगानी वा व्यवसाय वा कारोबार गर्ने सम्बन्धमा प्राप्त अनुमति पत्र
तेस्रो चरणः माथि उल्लेख भएका कागजातहरु सहित कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नको लागि निवेदन दिनु पर्ने छ । निवेदन दिएको मितिले सात दिन भित्र आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर बुझी कम्पनी रजिष्ट्रारको कार्यालयले दर्ताको प्रमाणपत्र दिएपछी कम्पनी विधिवत रुपमा दर्ता भएको मानिन्छ ।
दस्तुर सम्बन्धि व्यवस्था ः https://ocr.gov.np/page/1_5e27369e14b3a
For any assistance contact us at : [email protected],
Facebook: https://www.facebook.com/profile.php?id=100092321814972&mibextid=ZbWKwL
Call: 01-5914524 / 9856031598