Skip to content Skip to sidebar Skip to footer
Sun - Thu 9:00 - 18:00 / Friday 9:00 - 17:00
Anamnagar, Kathmandu (In Front of Purbi Gate)

विवाह दर्ता र दर्ता विवाह (marriage registration and court marriage in nepal)

मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, ‍औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ भन्ने व्यवस्था भएको हुँदा । नेपालको कानुन अनुसार सभा समारोहमा ताली बजाएर पनि विवाह हुन सक्ने कुरालाई स्वीकार गरेको छ । तर जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ ले भनेबमोजिम उक्त विवाहलाई स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा दर्ता गर्नुपर्छ । यसरी दर्ता भएको विवाहलाई विवाह दर्ता भनिन्छ । सामान्यतया दुई नेपाली नागरीक बिच विवाह हुँदा यसरी नै विवाह दर्ता गरी विवाहको प्रमाणपत्र लिने चलन छ ।

     नेपाली र विदेशी बीच विवाह हुँदा वडा कार्यालयमा गई विवाह दर्ता गर्न मिल्दैन । विवाह हुने विदेशी नागरिकको देशको कानुन हेरी विवाहको योग्यताहरु पत्ता लगाउनको लागि स्थानीय पञ्जिकाधिकारीको कार्यालय असमर्थ हुने भएकोले होला शायद मुलुको देवानी संहिताको दफा ७७ तथा ८० बमोजिम महिला वा पुरुष वा दुवै १५ दिनदेखि बसोबास गरेको जिल्ला अदालत वा विदेश स्थित दुतावासको कार्यालयमा दर्ता विवाह (Court Marriage) गर्न सकिन्छ ।

दर्ता विवाह गर्नका लागि देहायबमोजिमका कागजातका साथै दर्ता विवाहको निवेदन लिई उपस्थित हुनपर्दछ ।

१.       निवेदक महिलाको नागरिकता/राहदानी प्रमाणपत्रको प्रतिलिपि ।

२.       निवेदक पुरुषको नेपाली नागरिकता/राहदानी प्रमाणपत्रको प्रतिलिपि ।

३.       निवेदक महिला/पुरुष अविवाहित भएको सम्बन्धमा नेपालस्थित विदेशी दुतावासबाट जारी भएको प्रमाणपत्रको प्रतिलिपि ।

४.       निवेदक महिला/पुरुष अविवाहित रहेको सम्बन्धमा निजको स्थायी निकायको वडा कार्यालयबाट जारी सिफारिस ।

५    निवेदक महिला तथा पुरुष पन्ध्र दिन भन्दा अगाडीबाट काठमाण्डौमा बसोबास गरेको सम्बन्धमा काठमाण्डौ महानगरपालिका ७ नं वडा कार्यालयबाट जारी सिफारिस ।

६.       महिला र पुरुषको हालसालै खिचेको पूरै मुखाकृति देखिने पासपोर्ट साइजको ४।४ प्रति फोटो ।

७.       साक्षीको परिचय खुल्ने कागज ।

For more queries and assistance contact us at Email: prudentiallawnepal@gmailcom

phone no: 01-5914524